काठमाडौं– बाग्मती प्रदेशसभाका एक उच्च अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि गरिएकोे स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको ती अधिकारीको सचिवालयले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले पनि कोरोना पुष्टिको जानकारी दिएका छन् । कोरोना संक्रमित ति अधिकारी हेटौंडास्थित आफ्नै निवासमा सेल्फ आइसोलेसनमा बसेका छन् ।
योसहित मकवानपुरमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।