काठमाडौं– बारामा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले १३ राउन्ड हवाई फायर गरेको छ ।
बाराको आदर्श कोतवाल गाउँपालिका र सिम्रौनगढ नगरपालिकाका स्थानीयबीच माछा पर्ने विषयमा भएको झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।
गाउँपालिका उपाध्यक्ष पुनमदेवी साहका श्रीमान् लालबहादुर साहले भने, 'वडा ६ का अध्यक्ष मधुसूदनप्रसाद जैसवालको टाउकोमा चोट लागेको छ । माछा मार्ने विषयमा विवाद भएकाे हाे ।' उनका अनुसार झडपमा केही व्यक्ति घाइते भएका छन् ।