बेइजिङ– कोभिड–१९ महामारी फैलिएता पनि एसिया–युरोप महादेश पार गर्दै सञ्चालनमा आएका चीन–युरोप रेलसेवाको संख्या तथा ढुवानी माल–सामान परिमाण बढ्दै गइरहेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।
- चीन विश्वका ६५ वटा मुलुकको पहिलो आयात स्रोत हो र ३३ वटा मुलुकको पहिलो निर्यात गन्तव्य पनि हो । चीनले महामारीको प्रभावकारी नियन्त्रण गर्दै उत्पादन पुनः सञ्चालनमा ल्याउँदा विश्व उद्योग क्षेत्रमा स्थिरताको आशा पलाउन थालेको छ ।
जुनको अन्तसम्म ३ महिनासम्म लगातार रूपमा सञ्चालनमा आएको सो रेलसेवाको संख्या एक हजारभन्दा बढी पुगेको छ । जुन गत ५ महिनामा लगातार रूपमा १० प्रतिशत भन्दा बढीले वृद्धि भएको चिनियाँ उद्योग मन्त्रालय स्रोतले बताएको छ ।
‘महामारीको प्रभावमा चालु वर्षयता, विश्व व्यापार परिमाण ठूलो मात्रामा घटेता पनि चीनको वैदेशिक व्यापार समष्टिगत रूपमा बजारको पूर्व प्रक्षेपणभन्दा राम्रो भएको देखिन्छ र विश्वका मुख्य आर्थिक एकाइभन्दा राम्रो भइरहेको छ,’ बेलायती अर्थतन्त्र अनुसन्धान कम्पनी क्यापिटल इक्नोमिक्सका चिनियाँ अर्थ विश्लेषक मार्टिन रास्मुस्सेनले भने ।
चीनको आयात–निर्यात राम्रो बन्दै गइरहेको खबर विश्व उद्योग शृंखलाको आपूर्तिको स्थिरताका लागि निकै राम्रो खबर भएको उनको ठहर छ ।
चीन विश्वका ६५ वटा मुलुकको पहिलो आयात स्रोत हो र ३३ वटा मुलुकको पहिलो निर्यात गन्तव्य पनि हो । चीनले महामारीको प्रभावकारी नियन्त्रण गर्दै उत्पादन पुनः सञ्चालनमा ल्याउँदा विश्व उद्योग क्षेत्रमा स्थिरताको आशा पलाउन थालेको छ ।