काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा भेठवार्ता सुरु भएको छ ।
आज बिहीबार १० दिनपछि पुन भेटवार्ता सुरु भएको हो । पछिल्लो समयमा पार्टी भित्र विवाद बढ्दै गएको छ ।
विवादका विच नेताहरु नै आरोप प्रत्यारोपमा उत्रिएपछि २० साउनबाट दुवै अध्यक्षबीच संम्वाद रोकिएको थियो ।
बालुवाटारमा दुबै अध्यक्षबीच भेटवार्ता सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।