काठमाडौं - पार्टी भित्रको विवाद बढ्दै गएपछि नेकपाको महासचिव तथा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल बालुवाटार र खुमलटारमा दौडधुप जारी छ ।
गएको मंगलबारदेखि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बोलचाल नभएपछि उनीहरु अध्यक्षद्वयको बालुवाटार र खुमलटारमा सक्रिय हुन थालेका हुन् ।
दुई अध्यक्षबीच गत बुधबार साँझ हुने भनिएको छलफल अचानक रोकियो । पार्टीका शीर्ष चार नेताले गत बुधबार दिउँसो आफ्नो आन्तरिक विवादबारे सञ्चारकर्मीलाई बताएपछि उनीहरुको संवाद रोकिएको थियो ।
बिहीबार दाहालले सुवास नेम्बाङलाई बोलाएर छलफल गरेका थिए । उनीसंगको छलफले प्रगति नआएपछि पौडेल र पोखरेल दाहाललाई भेट्न खुमलटार पुगेका हुन् ।
दाहाललाई भेटेका पौडेलको अंगरक्षकलाई आइतबार कोरोना पुष्टि भएपछि दाहाल र पौडेल दुवै आइशोलेसनमा बसेको बताइएको छ ।
हिजो मात्र पार्टी फुटने आशंकामा नेकपाका ६१ सांसदले हस्ताक्षरसहित पार्टीलाई विग्रहको बाटोमा जानबाट रोक्न मुख्य नेतृत्वलाई अपिल गरेका छन् ।