काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केही सांसदहरूले पार्टी एकताको पक्षमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।
पछिल्लो समय पार्टीभित्रको विवाद कम हुुनुको सट्टा झन बढेपछि सांसदहरूले आफुहरू एकताको पक्षमा उभिने भन्दै पत्रकार सम्मेलन गर्न लागेको सांसद विशाल भट्टराईले जानकारी दिए ।
साविक माओवादी केन्द्रको संसदीय दलको कार्यालय रहेको स्थानमा दिउँसो दुई बजे गर्न लागेको पत्रकार सम्मेलनमा पार्टी एकताको रक्षा र सुदृढीकरणका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरिने भट्टराईले जानकारी दिए ।