कठमाडौं– नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल आइतबार बिहान बालुवाटारमा छलफलमा जुटिरहेका छन् । प्रचण्ड र खनालसंगै बालुवाटार गएका हुन ।
छलफल बिहान पौने दशबाट सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए । पार्टीभित्र विवाद बढेपछि नेकपाको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ । दुई अध्यक्षबीच भएको भेटघाटले पार्टीभित्रको विवाद हल गर्न पहल गर्नेछ ।