काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक स्थगित भएको छ ।
आज ११ बजे बस्ने भनिएको बैठक नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा वान टु वान वार्ता भएपछि बैठक स्थगित गरिएको हो ।
१० असारदेखि जारी स्थायी समितिको बैठक विवाद अहिले उत्कर्षमा पुगेको छ ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका अन्य नेताहरुले दुवै पदबाट ओलीको राजीनामा माग्दै आएका छन् ।
यो विषय स्थायी कमिटीले टुंगो लगाउने भनेर छोडे पनि नेकपाको बैठक राम्रोसंग बस्न सकेको छैन् ।
बैठकमा कहिले प्रधानमन्त्री अनुपस्थित हुँदै आएका छन् भने कहिले बोलाइएको बैठक स्थगित हुँदै आएको छ ।
आजको बैठकमा ओली पक्ष अध्यक्ष दाहालसँग छलफल गरेर यो विषयलाई मिलाउने कुरा थियो भने पुष्पकमल र माधवकुमार पक्ष बहुमतको आधारमा निर्णय गर्ने आशंका गरिएको थियो ।