काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई अध्यक्षबीच बालुवाटारमा वान टु वान वार्ता सुरु भएको छ ।
बिहान ९ बजेदेखि सुरु भएको बैठक पार्टी भित्रकाो विवाद कसरी मिलाउने भन्ने विषयमा केन्द्रित रहने बताइएको छ ।
पार्टीभित्र केपी शर्मा ओलीले प्रधानमन्त्री तथा अध्यक्ष दुबै पदबाट राजिनामा दिनुपर्ने माग बढेपछि विवाद बढेको थियो ।
विवाद बढेपछि १० असारबाट जारी स्थायी कमिटिको बैठक पनि राम्रोसंग बस्न सकेको छैन् ।
त्यस्तै अहिले ११ बजे नेकपाको स्थायी समिति बैठक पनि तय भएको छ ।
यो पनि पढ्नुहोसः फेरि स्थगित भयो नेकपाको बैठक
बैठकमा जानु अघि आज ओली पक्ष दाहालसँग छलफल गरेर यो विषयलाई टुंगोमा लगाउने मनस्थितिमा रहेको बुझिएको छ ।