काठमाडौं - गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले ग्रामीण क्षेत्रमा लुकेका पर्यटनलाई विश्व बजारमा पु¥याउन सक्नुपर्ने बताएका छन् ।
महेन्द्र गुफा परिसरमा महेन्द्र गुफा पूर्वाधार निर्माण समितिले आइतबार आयोजना गरेको वृक्षरोपण कार्यक्रमका उनले पर्यटनको विविधताको पहिचान र प्रवद्र्धन गर्दै विश्व बजारसँग प्रतिस्पर्धा गर्न खालको पर्यटनको खाँचो औँल्याए ।
उनले पर्यटन विकासमा प्रदेश सरकार केन्द्रित भएको र कोरोनाका कारण प्रभावित पर्यटन व्यवसायलाई माथि उकास्न सरकारले विशेष योजना तय गरेको बताएका थिए ।
वातावरण संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा पारीजात, कल्की, कपुर, गोदाबरी, धुपीलगायतका विभिन्न प्रजातीका १५० वटा विरुवा रोपिएको थियो ।
महेन्द्र गुफा र चमेरे गुफा कोरोनाका कारण चार महिनामा एक करोड ७४ लाख रुपैयाँ आम्दानी गुमाएको गुफा सचिवालयले जनाएको छ । रासस