काठमाडौं– नेपाली काँग्रेसले नेता गोविन्दराज जोशीलाई पार्टीबाट निष्काशन गरेपछि उनका छोरा दिपकराज जोशीले कडा प्रतिक्रिया दिएका छन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै काँग्रेस वीमा कम्पनीजस्तो बनेको आरोप लगाएका हुन् ।
‘नेपाली काँग्रेस केवल इन्स्योरेन्स कम्पनी जस्तो भयो, जहाँ केवल एजेन्टहरू मात्र छन्’ भन्दै उनले नेपाली काँग्रेसको मालिक अरु नै भएको दावी गर्दै लेखेका छन्, ‘कम्पनीको मालिक अन्यत्र कतै छ भन्ने प्रमाणित भएको छ कम्पनीको मालिक अन्यत्र कतै छ भन्ने प्रमाणित भएको छ ।’
फेसबुकमा पोष्ट स्टाटसमा जोशी पुत्रले सुरुमै आपत्तिजनक शब्द प्रयोग गर्दै लेखेका छन्, ‘आखिर नेपाली कांग्रेस त्यस्तो पार्टी रहेछ जसले आमाको फरिया बेचेर वेश्या (पुरुष/महिला दुवै)लाई पछ्यौरा किनिदिन्छ । आमाहरु पराया र वेश्याहरुको हावी हुँदै गएको संगठनले देशलाई के नै दिन सक्ला र ?’

‘जब सम्म २०४६ साल देखि अहिलेसम्म राजगर्नेहरुको समाप्ति हुँदैन तवसम्म यो देशको विकास र समृद्धि हुने छैन ।’ भन्दै राजनीतिक टिप्पणी समेत गरेका छन् । जोशी पुत्र दिपकराज जोशी लामो समय अमेरिका बसाईपछि नेपाल आएर शैक्षिक क्षेत्रमा कार्य गर्दै आएका छन् ।
नेपाली काँग्रेसको अनुसाशन समितिले नेता रामचन्द्र पौडेलविरुद्ध चुनावमा उम्मेद्वारी दिएको भन्दै नेता गोविन्दराज जाेशीलाई निष्काशन गरेको हो । जोशीसँगै पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पनि पार्टीबाट निस्काशन गरेको छ ।