काठमाडौँ- नेपालको जलविद्युत् क्षेत्रमा लगानी भित्रयाउनका लागि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बङ्गलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा नेपालका लागि बङ्गलादेशकी राजदूत मास्फी बिन्ते साम्ससँग मन्त्री पुनले नेपालमा लगानी मैत्री वातावरण निर्माण गरिएकाले लगानी सुरक्षामा ढुक्क रहनका लागि बताए ।
राजदूत साम्स चार वर्षे कार्यकाल पूूरा गरी बङ्गलादेश फर्कन लागेका अवसरमा उनले सो कुरा बताएका हुन् ।
राजदूत साम्सले नेपाल–बङ्गलादेश ऊर्जा क्षेत्रमा सहकार्यका लागि वातावरण निर्माणमा नेतृत्वदायी र निर्णायक भूमिका रहेको बताएकी थिइन् ।
उनले कोरोनाको कारण रोकिएका उच्चस्तरीय भ्रमण महामारी अन्त्यसँगै सुरु हुने र नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि वार्ता हुने बताइन् ।