काठमाडौं– दुई क्रान्तिकारी नेताहरुको निधन भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मर्माहत भएका छन् । नवलपरासीका क्रान्तिकारी नेता कुलचन्द्र महतो र रोल्पाका क्रान्तिकारी नेता बर्मन बुढाको निधनबाट प्रचण्ड मर्माहत भएका हुन् ।
बुधबार बिहान छुट्टाछुट्टै दुई विज्ञप्ती जारी गर्दै उनले नेताद्वयको निधनमा परिवार र आफन्तजनपमा समवेदना प्रकट गरेका छन् । क्यानसर रोगबाट पीडित ६८ वर्षीय महतोको निधनमा समवेदना प्रकट गर्दै उनले विज्ञप्तीमा लेखेका छन्, ‘थारु समुदायका मुक्तियोद्धा कुलचन्द्र महतोको आज बहान हुक्सीकोट गाउँपालिकामा आज बिहान असामयिक निधन भएको खबरले मर्माहत बनाएको छ ।’
शिक्षण पेशामा त्यागी जनयुद्धका अथक योद्धा भन्दै प्रचण्डले सिंगो समुदायले अनुभवी नेता गुमाएको महसुस भएको उल्लेख गरेका छन् ।
त्यस्तै नेता बुढाको निधनमा जारी गरेको विज्ञप्तीमा ‘कमरेड बुढाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा बुधबार बिहान ४ बजे ९० वर्षको उमेरमा निधन भएको’ जनाउँदै रोल्पाली जनताको मुक्तिाकामी आन्दोलनमा बुढाको ऐतिहासिक योगदान रहेको स्मरण गरेका छन् ।
‘सामन्तवाद विरोधी नेपाली जनताको मुीक्रयुद्धमा उहाँ जहिले अग्रमोर्चामा रहनुभयो’ प्रचण्डले भनेका छन्, ‘उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ ।’