काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय महिला विभागमा आज सचिव र सदस्यहरू मनोनयन गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम महिला विभागका सदस्यमा ३८ जनालाई मनोनयन गरेका हुन् ।
देउवाले महिला विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत १९ फागुन २०७६ मा मनोनयन गरेका थिए ।
विभागका सदस्यमा अनार बस्नेत, (प्रदेश ३), अम्बिका न्यौपाने, इन्दिरा कोइराला, कल्पना, केसी कृष्ण कुमारी बस्नेत, खगेश्वरा आचार्य, खगेश्वरी भण्डारी, खगेश्वरी शर्मा, गुणलक्ष्मी ज्ञवाली, जन्नतुन निशा धुनियाँ, टीका कुमारी बुढा थापा मगर, ठाकुर कुमार पौडेल, दुर्गादेवी महतो, धनलक्ष्मी श्रेष्ठ, धनसिला मल्ल र नगिना यादवलाई मनोनय गरिएको हो ।
यस्तै, नारुदेवी ओझा, निर्मला खड्का, पार्वती यादव, पुष्षलता लामा, प्रेमकुमारी तामाङ, मनोरमा शेरचन, ममता तामाङ, यशोदा चालिसे, रमादेवी न्यौपाने, राधिका सिंह, रीता चौधरी, रेखा गुरुङ, लक्ष्मी खतिवडा, ललिता सुनार, लालीमाया तामाङ, शकुन्तला त्रिपाठी, शर्मिला श्रेष्ठ, शारदा पौडेल, सुशीला थापा, सुशीला यादव, संगीता चौधरी र सावित्री गुरुङ पनि महिला विभागका सदस्यका रूपमा मनोनीत भएका छन् ।