काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल विना निश्कर्ष सकिएको छ ।
नेकपामा जारी स्थायी कमिटीको बैठकमा नै विवाद उत्पन्न भएपछि बैठक नै स्थगित भएसँगै बालुवाटारमा अध्यक्षहरुको छलफल भएको हो । आजको बैठमा महासचिव विषणु पौडेल र स्थायी कमिटी सदस्य जनाधर्न शर्मा पनि सहभागी भएका थिए ।
बैठक स्थगित भएपछि विवाद मिलाउन नेकपाका अध्यक्षद्धय वान टु वान वार्ता गदै आएका छन् । तर वार्ताले निस्कर्ष निकाल्न सकेको छैन । यहिबीचमा दोस्रो पुस्ताका नेताहरुले पनि विवाद मिलाउन पहल गरेका थिए । तर दोस्रो पुस्ताले पनि विवाद मिलाउन सकेनन् ।
आज पनि प्रचण्ड विवादबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । शनिबार अध्यक्षद्धयबीच मंसिरमा अर्ली महाधिवेशन गर्ने सहमति भएको हल्ला बाहिर आएको थियो । तर हल्ला आए लगत्तै प्रचण्डले आफ्नो सचिवालय मार्फत त्यसको खण्डन गराएका थिए ।
तर त्यो अर्ली महाधिवेशनको हल्ला बाहिर आएपछि वरिष्ठ नेता माधवकुमार नेपालले विरोध गरेका थिए । आज बिहान प्रचण्डले सचिवालयका ४ जना सदस्य र केही स्थायी कमिटीका सदस्यहरुलाई राखेर छलफल गरेका थिए । उनले छलफलमा आफु र अर्का अध्यक्ष ओलीबीच कुनै कुरामा सहमति नभएको ब्रिफिङ गरेका थिए ।