काठमाडौं-स्पेनिस लिग लालिगामा बिहीबार राति भएको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ ।
एट्लेटिकोले गेटाफेलाई २-० गोल अन्तरले पराजित गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा खेलेको एट्लेटिको मड्रिड दोस्रो हाफमा भने दुई गोल गर्न सफल भयो ।
उसका लागि मार्कस लोरेन्टेले ५४ औ मिनेटमा र थोमस पार्टेले ८० मिनेटमा एकएक गोल गरेका थिए ।
एट्लेटिको मड्रिड यो जितसँगै लिगको तेस्रो स्थानमा रहेको छ ।
उसको ३७ खेबाट ६९ अंक भएको छ । गेटाफे भने ५४ अंकका साथ लिगको ७ औँ स्थानमा छ ।