काठमाडाैं - समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाही गर्न पार्टि कार्यदलले सिफारिस गरेको छ। महासचिव रामसहायप्रसाद यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको हाे।
लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्।
सो विषयमा छानबिन गर्न समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य छन्।
कार्यदलको सिफारिसबारे निर्णय गर्न अहिले पार्टीको पदाधिकारी बैठकमा छलफल भएको छ ।