काठमाडाैं - सातारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बालुवाटारमा जारि स्थायी कमिटि बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमै बसेको स्थायी समितिको बैठकको दोस्रो दिन प्रधानमन्त्री ओली बैठकमा अनुपस्थित भएका हुन्। पार्टीभन्दा पनि अहिले सरकारको काममा बढी ध्यान दिनुपर्ने भएकाले बैठकमा अध्यक्ष ओली अनुपस्थित रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारि दिए । प्रधानमन्त्री अनुपस्थित भए पनि बैठक जारी रहेको र बैठकको अध्यक्षता पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्।
आजदेखि बैठकमा बाँकी सदस्यहरुले आफ्ना धारणा राख्नेछन् । आजको बैठकमा सरकारको कामकारबाही, कोरोना महामारी नियन्त्रण तथा रोकथाम, भारतसँगको सीमा समस्या, पार्टी एकताका बाँकी कामलगायत विषयमा छलफल गर्ने कार्यसूची यसअघि नै तय भएको थियो। सोही कार्यसूची अनुसार बैठकमा छलफल चलिरहेको छ।