काठमाडाैं - लकडाउन उलंघन हुन थालेपछि कसरी व्यवस्थित बनाउने भन्ने विषयमा उपत्यकाका तिनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त रुपमा आकस्मिक बैठक बसेको छ ।
उद्योगी तथा व्यवसायीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि जिल्ला समन्वय समिति काठमाडौंको हलमा आकस्मिक बैठक बसेको हो ।
बैठकमा काठमाडौँ, ललितपुर र भक्तपुरको प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहका पदाधिकारहरुको समेत सहभागिता रहेको छ ।
लकडाउनले जनजीवन प्रभावित भएपछि उद्योगी तथा व्यवसायीहरुले बिहीबारदेखि उपत्यकामा पसलहरु खोलेर सञ्चालन गरेका छन् ।
यता जारी लकडाउनले सर्वसाधरणको आर्थिक क्रियाकलाप नै ठप्प भएपछि लकडाउनको मोडालिटीबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसोका लागि मन्त्रीपरिषद बैठक बोलाएका छन् ।