एजेन्सी– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सन् २०२३ को टी–२० विश्वकपमा सहभागी देशको संख्या २० पु¥याउने तयारी थालेको छ।
आइसीसीद्वारा सार्वजनिक रिपोर्ट अनुसार ४ राष्ट्रलाई थप गर्दै १६ सहभागी राष्ट्रबाट २० पु¥याउने तयारी थालिएको हो। बैठकमा सन् २०२३ देखि २०३१ सम्मको क्रिकेट सत्रमा लामो छलफल भएपछि यो नयाँ ढाँचा बनाउने सहमति भएको हो।
जसमा एसोसियट देशका लागि फाइदा हुने देखिएको छ। अमेरिका, क्यानाडा, जर्मनी, नाइजेरिया जस्ता देशमा क्रिकेटको क्रेज बढाउन आईसीसीले बिभिन्न प्रतियोगिता आयोजना गर्दै आएको र यसलाइ थप बढाउने भएको छ।
२० राष्ट्रलाई विश्वकपमा समावेश गर्ने भएपछि उसले यसकालागि २ वटा विकल्प पनि बनाएको छ। जसमा विश्वकप छनोट खेलेर आउने टिमले लिग चरणमा ठूला–ठूला राष्ट्रसंग खेल्ने र दोस्रो, आईसीसीले ४ समुह बनाएर ५ राष्ट्रलाई बिभाजन गर्ने तथा हरेक समूहबाट शीर्ष स्थानमा रहने राष्ट्रले नकआउट चरणमा स्थान बनाउने रहेको छ।
यदि यो योजना पारित भएमा नेपालजस्ता एसोसियट र क्रिकेटको क्रेज भएका देशका लागि बढि फाइदा हुनेछ।