काठमाडौँ । भदौ ३१ गते उच्च अदालतमा नियुक्त भएका २७ जना न्यायाधीशको पदस्थापन गरिएको छ । ती न्यायाधीशहरूको न्यायपरिषद्ले विभिन्न स्थानमा पदस्थापन गरेको हो ।
वेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा सचिव रहेका श्यामकुमार भट्टराईलाई उच्च अदालत पाटनमा पदस्थापन गरिएको छ । स्याङ्गजा जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीलाई उच्च अदालत जनकपुरको राजविराज इजलाशमा पदस्थापन गरिएको छ ।
![1](https://npcdn.ratopati.com/media/news/1_hIAST2bslL.jpg)
![2](https://npcdn.ratopati.com/media/news/2_khb1HByBdG.jpg)
![3](https://npcdn.ratopati.com/media/news/3_qOcefyUUN8.jpg)