पोखरा । चापाकोट पर्यटन प्रवर्धन समितिको आयोजनामा चापाकोट देउरालीमा हामीले तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ ।
महोत्सवको उद्घाटन गदै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले फेवाताल जोगाउन पोखरा २३ का वडा बासीको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले फेवातालबाट अहिलेसम्म ६ र ७ लगायतकाले मात्र आम्दानी गरेको धारणा राख्दै अब पोखरा २३ का जनताले पनि फेवातालबाट आम्दानी लिने योजना ल्याउनुपर्ने बताए ।
पोखरा २३ का जनताले उत्पादन गरेको खाद्यको बजार बनाउनुपर्ने बताए । अरूको देशमा उत्पादन भएको अन्न भर नपरी नेपालमा नै कृषि उत्पादन बढाउन पर्ने बताए ।
प्रदेश सभा गण्डकीका निवर्तमान संसद् राजीव पहारीले पोखरा २३ को विकासको लागि आफूले पहल गरेको बताए । पहारीले पहिला वडाको कुनै क्षेत्रमा पक्की सडक नभएको र पुलको कारणले वडा बासीले दुख पाएको जानकारी दिए ।
आफ्नो पहलमा नै पक्की पुलको लागि बजेट परेको सुनाउँदै अहिले पोखरा २३ को मुहार फेरिएको सुनाए । यस्ता मेला महोत्सवले विकासमा सहयोग गर्ने पहारीको भनाइ छ ।पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले मेला महोत्सवले वडाको विकासमा सहयोग हुने धारणा राखे ।
समाजसेवी शिवलाल पराजुली, महोत्सव संयोजक चेतनाथ देवकोटा, चापाकोट पर्यटन प्रवर्धन समिति अध्यक्ष भीम पराजुली लगायतले कार्यक्रममा भनाइ राखेका थिए ।मेला २८ गतेसम्म सञ्चालन हुने छ । मेलामा २५ हजार भन्दा बढीले अवलोकन गर्ने चापाकोट पर्यटन प्रवर्धन समिति अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
२८ गते सम्म हुने महोत्सवमा विभिन्न प्रतियोगिता समेत राखिएको छ ।नौमती बाजा प्रतियोगितातर्फ प्रथमलाई ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतीय ११ हजार १ सय ११ सान्त्वना ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।
भजन प्रतियोगितातर्फ प्रथमलाई ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतीय ११ हजार १ सय ११ सान्त्वनालाई ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।
रत्यौलि प्रतियोगितातर्फ प्रथमलाई ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतीय ११ हजार १ सय ११ सान्त्वना ५ हजार ५ सय ५५ ले पुरस्कृत गरिने छ ।
पुरुष दौड प्रतियोगितामा पहिलो हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार रुपैयाँ तितृय हुनेलाई २ हजार रुपैयाँ सान्त्वना हुनेलाई १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । महिला दौड प्रतियोगितामा पहिलो हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार रुपैयाँ तृतीय हुनेलाई २ हजार रुपैयाँ सान्त्वना हुनेलाई १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
बाल नृत्यमा पहिलो हुनेलाई २ हजार ५ सय रुपैयाँ द्धितिय हुनेलाई २ हजार रुपैयाँ तृतीय हुनेलाई १ हजार ५ सय रुपैयाँ सान्त्वना हुनेलाई १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
दुना टपरी बुन्ने प्रतियोगितामा प्रथम हुनेलाई २ हजार द्धितिय हुनेलाई १ हजार ५ सय तृतीय हुनेलाई १ हजार र सान्त्वना हुनेलाई ५ सय रुपियाँले सम्मान गरिने भएको छ । झाँकी प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार तितृय हुनेलाई २ हजार रुपैयाँ र सान्त्वना हुनेलाई १ हजार रुपैयाँले सम्मान गरिएको छ । घैटो फुटाउने प्रतियोगितामा पहिलो हुनेलाई १ हजारले सम्मान गरिने छ ।