काठमाडौं। युक्रेनको राजधानी किभमा कम्तिमा तीन विस्फोटन भएका छन्।
किभका मेयर भिताली क्लिचनकोले किभको बीचमा रहेका आवासीय भवनहरू लक्षित गरेर ड्रोन प्रहार मार्फत विस्फोटन गराइएको जानकारी दिएका छन्।
गत साता राजधानी किभमा व्यस्त समयमा भएको ड्रोन आक्रमणमा १९ जनाको मृत्यु भएको थियो।