काठमाडौं । बिरामी भएर अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ ।
किस्ट अस्पतालले शुक्रबार बुलेटिन जारी गर्दै जोशीको अवस्था चिन्ताजनक रहेको जनाएको हो । २२ दिनदेखि उपचाररत उनलाई बिहीबार आईसीयूमा सारेर उपचार थालिएको थियो ।
तर, औषधिले शरीरमा राम्रो काम नगरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।जोशीलाई लामो समयदेखि निमोनिया सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या छ । साथै उनलाई डेङ्गी पनि भएको थियो ।
![](https://i0.wp.com/www.khabarhub.com/wp-content/uploads/2022/10/release_1_ljiD2aH3U1.jpg.jpg?resize=672%2C960&ssl=1)