धनगढी। छाडा गाईको व्यवस्थापनका लागि भक्त बि.बि. फर ह्युमानिटीले पहल थालेको छ।
महेन्द्र राजमार्गअन्तर्गतका विभिन्न स्थानमा गाइको व्यवस्थापनका लागी भक्त बि.बि. फर ह्युमानिटीले पहल थालेको हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विविध समाजिक सेवाका कार्यहरू गर्दै आइरहेको समाजिक संस्था भक्त बि.बि फर ह्युमानिटीले छाडारुपमा छोडिएका गाईहरुको व्यवस्थापनका कार्य अघि बढाएको संस्थाका सहसंयोजक राज बहादुर चन्दले बताए। स्थानीय पालिकाहरुको सहकार्यमा छोडिएका गाई गोरु संरक्षणका लागि गौशाला निमार्ण गर्ने कार्य अघि बढाइने चन्दले बताए।
देशैभरी १४ स्थानमा गौशाला खोलेर हजारौं गाईगोरुको संरक्षण गर्दै आएका योगी पिताम्बरको संरक्षण तथा सल्लाह बमोजिम र वसाह वर्डा गौ सेवा आश्रमसंगको सहकार्यमा महेन्द्रनगरदेखि लम्कीसम्म गाईको व्यवस्थापनका लागी कार्य गर्ने चन्दले जानकारी दिए।
यो कार्यक्रमको शुरुवातका रुपमा बर्दियाको वारबर्दिया नगरपालिकामास्थित वसाह वर्डा गौ सेवा आश्रममा रहेको गौशालामा गौ संरक्षणको आवश्यकता तथा दिगो व्यवस्थापन विषयक छलफल भएको छ।
उक्त कार्यक्रममा पुर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकसहिका व्यक्तिहरुले गाईको दिगो व्यवस्थापनमा प्रतिवद्धता समेत जनाएका थिए। लेखकले गाई संरक्षणमा आफू लागि पर्ने र सरोकारवाला सबैलाई सहयोग गर्ने बताए।

संस्थाका सहसंयोजक चन्दले छिट्टै छाडा गाईगोरुको समस्या सम्बोधन हुने विश्वास व्यक्त गरे।
योगी पिताम्बरको छाडा गाईगोरु सबैको साझा समस्या रहेकोले व्यवस्थापनका लागि सबैले लाग्नुपर्ने बताए।
भक्त बि.बि फर ह्युमानिटीले कोरोनाकालमा कैलाली तथा देशका विभिन्न ठाउँमा कोरोना प्रभावितहरुको निःशुल्क व्यवस्थापन गरको थियो।