काठमाडौं । निजगढ विमानस्थलसम्बन्धमा सर्वोच्च दिएको आदेशमाथि न्यायाधीशहरुको राय बाझिएको छ ।
पाँचजना न्यायाधीशको पूर्ण इजलासले जेठ १२ गते निजगढ विमानस्थलको विकल्प खोज्न आदेश दिएको थियो ।उक्त इजलासमा न्यायाधीशबीच नै मत बाझिएको पाइएको छ ।
तीनजना न्यायाधीशले विकल्प खोज्न भनेका छन् भने दुईजनाले निजगढमै विमानस्थल बनाउन सकिने र उपयुक्त विकल्प खोज्नुपर्ने राय दिएका छन् ।
तीनजना न्यायाधीशहरु ईश्वर खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउत विकल्प खोज्नुपर्ने पक्षमा छन् भने हरिकृष्ण कार्की र मनोज शर्माले निजगढमै विमानस्थल बनाउन उपयुक्त विकल्प खोज्न सकिने राय दिएका छन् ।
तीनजना न्यायाधीशले पनि पूर्णपाठमा निजगढमा विमानस्थल बनाउने विषयमा रोक नलगाएको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।
पूर्णपाठ हेर्नको लागि यहाँ क्लिक गर्नुस्:-