काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण आज हुने भएको छ।
एन्फाका अनुसार नवनिर्वाचित कार्यसमितिको शपथ सातदोबाटोस्थित एन्फा मुख्यालयमा साँझ ५ बजेपछि हुनेछ।सोमबार बूढानीलकण्ठस्थिक पार्क भिलेजमा भएको २१औं चुनावी साधरणसभाबाट १९ सदस्यीय कार्यसमिति चयन भइसकेको छ।
यद्यपि, कार्यसमितिले पूर्णता भने पाइसकेको छैन। १३ सदस्यमध्ये ११ सदस्य निर्वाचित हुँदा चार उमेदवारको समान ३९ मत आएपछि पुनः निर्वाचन हुने एन्फाले जनाएको छ।
नयाँ कार्यसमितिको अध्यक्षमा पंकजविक्रम नेम्वाङवरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का,उपाध्यक्षमा दावा लामा, विराटजंग शाही, दीपक खतिवडा र दीर्घबहादुर केसी ९कुमार०, महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित भएका थिए ।
यस्तै सदस्यमा मनिष जोशी, अनिल मल्ल, रवीन्द्र चन्द, विकासनारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यञ्जनकार, मनिराज विष्ट, टिकाराम लामा र भरत बुढ थापा निर्वाचित भएका हुन् ।