कैलालीको धनगढी उपमहानगरपालिकामा ३७ हजार ५१५ मतगणना सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार राती ९ बजेसम्म ३७ हजार ५१५ मतगणना भएको हो।
राती ९ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १७ हजार ७३ मत पाएका छन्।
यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ८ हजार ५२० र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार ९८७ मत पाएका छन्। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ७ हजार ७८८मतका साथ लिड गरिरहेकी छिन्।
एमालेकी कन्दकला रानाले ६ हजार ९९८र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४ हजार ३९७ मत पाएका छन्। १९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।
