प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद्को अवरोध हटाएको छ।
यसअघि पटक–पटक संसद् अवरोध गर्दै आएको नेकपा (एमाले)ले मङ्गलबारको प्रतिनिधिसभाको बजेट अविधेशनमा एमालेले अवरोध नगरेको हो।
सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर बौल्दै एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले अबदेखि सदन अवरोध नगर्ने बताए। उनले विरोधको स्वरुपलाई परिवर्तन गर्ने बताए।
यसअघि एमालेले कारबाही गरेका १४ सांसद्माथि कारबाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै २३ भदौदेखि निरन्तर संसद् अवरोध गर्दै आएको थियो।
एमालेका उपाध्यक्ष ज्ञवालीले मुलुकको अर्थतन्त्र सङ्कटमा रहेको र यसबारे संसद्मा छलफल हुनुपर्ने भएकाले पनि संसद् अवरोध अन्त्य गर्ने निर्णयमा पुगेको बताए।