एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा एमालेले अग्रता कायमै गरेको छ ।
६ वटा दलको गठबन्धनलाई पछि पार्दै एमालेकी मेयर पदकी उम्मेदवार गीता अधिकारीले अग्रता लिएकी हुन्। पछिल्लो मतगणना अनुसार एमालेकी मेयर पदकी उम्मेदवार अधिकारीले १३९ मत प्राप्त गरेकी छिन् भने राप्रपाबाट मेयर उम्मेदवार बनेका राम थापाले १२० मत ल्याएका छन् ।
यस्तै उपमेयरमा भने गठबन्धन अघि बढेको छ । उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी रेगिना भट्टराइले १३२ मत ल्याएकी छन् उपमेयरमा एमालेकी अम्बिका खनालले ११० मत ल्याएकी छन् । मत गणना जारी छ ।