मनाङ। मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवार कान्छा घले विजयी भएका छन्।
कूल ९ वटा वडाको नतिजा अनुसार अध्यक्षमा एमाले उम्मेदवार घलेले ८६१ मत ल्याएर विजयी भए। अध्यक्षमा कांग्रेसका छिरिङ ओङमा गुरुङ (घले) ले ७१३ मत ल्याए । घले यस अघिका निर्वाचित अध्यक्ष हुन्।
उपाध्यक्षमा एमाले समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७४४ मत ल्याएर विजयी भए। कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७१९ मत ल्याए। राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले एक मत ल्याए।
वडा नम्बर १ को अध्यक्षमा एमालेका मिङमर गुरुङ १६२ मतका साथ विजयी भए।
वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका खम्बा गुरुङ ६४ मतका साथ निर्वाचित भए।
वडा नम्बर ३ मा स्वतन्त्रका कृष्ण लामा यसअघि नै वडाअध्यक्षमा निर्विरोध भएका थिए।
वडा नंम्बर ४ मा एमालेका कमल गुरुङ ८७ मतका साथ विजयी भए।
वडा नंम्बर ५ मा कांग्रेसका कर्म सेरप वाङगेल लामा १११ मतका साथ विजयी भए।
वडा नंम्बर ६ मा एमालेका सोनाम गुरुङ १३५ मतका साथ निर्वाचित भए।
वडा नंम्बर ७ मा कांग्रेसका गुरक्याप गुरुङ ८७ मतका साथ विजयी भए।
वडा नंम्बर ८ मा एमालेका पेम्बा गुरुङ १३४ मत ल्याएर विजयी भए।
वडा नंम्बर ९ मा स्वतन्त्रका च्योल्पा गुरुङ यसअघि नै निर्विरोध भएका थिए।
योसहित एमाले ४ गाउँपालिका जितेर पहिलो स्थानमा कायम भएको छ भने नेपाली कांग्रेस २ गाउँपालिकासहित दोस्रो स्थानमा छ । नेकपा एकीकृत समाजवादीबाट यसअघि नै डोल्पामा २ गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए।