ललितपुरको कोन्ज्यासुममा दुई दिने शिशुसहित पाँच जना मृत अवस्थामा फेला परेका छन् ।
कोन्ज्यासुम गाउँपालिका–४ मा सोमबार बिहान एकै परिवारका पाँच जना मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङ्ताङ, २३ वर्षीया सुष्मा स्याङ्ताङ, ९ वर्षीय आशिष स्याङ्ताङ र सात वर्षीया आश्मा स्याङ्ताङ रहेका छन् । त्यस्तै, गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेलले चार जनाको घटनास्थलमा र दुई दिनको शिशुको उपचारका क्रममा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिए ।
घटनास्थलमा डिएसपीको कमाण्डका एक टोली पुगेको छ । ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेल र फरेन्सिक डाक्टरसहितको टोली पनि घटनास्थल पुगेको छ ।