नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन धरापमा परिसकेको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएपछि पत्रकारसँग बोल्दै उनले सत्ता गठबन्धन धरापमा परिसकेको र यो अब लामो समय नजाने पुष्टि भएको बताए ।
सरकारमै रहेका माओवादी र एकीकृत समाजवादीले सरकारले पेश गरेको सम्झौतालाई साथ नदिनु भनेको गठबन्धन लगभग टुटिसकेको रूपमा बुझ्दा हुने थापाले बताए ।
उनले भने, ‘अब गठबन्धनबाट पार लाग्दैन। एमसीसीका विषयमा गठबन्धनसँग छलफल गर्न आवश्यक नै छैन । यो गठबन्धन अघि जान सक्दैन । धरापमा पुगिसक्यो ।’