नेकपा एमालेको चितवनमा जारी महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदान जारी छ। मंगलबार बिहान सवा ६ बजेसम्म ७२० मत खसेको छ ।
गएराति ४ बजेदेखि सुरु भएको मतदान यही गतिमा गए अझै ३ घण्टा लाग्न सक्ने निर्वाचन आयोगको भनाइ छ । एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र भीम रावलबीच भिडन्त भइरहेको छ।
ओली पक्षले बाँड्दै 'भोट नहाल्ने सूची'
होटल सेभेनस्टार परिसरमा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा केपी ओली पक्षले आफू पक्षीय उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरिरहेका छन् । कसलाई भेट हाल्ने र कसलाई नहाल्ने भनेर सूची तयार गरेर ओली पक्षले वितरण गरेको हो ।