आईसीसी टी–२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले कुवेतमाथि सानदार जित निकालेको छ ।
बिहीबार भएको खेलमा नेपालले कुतेतमाथि ९९ बल बाँकी रहँदै ९ विकेटको सानदार जित निकालेको हो ।
पहिले व्याटिङ गरेको कुवेतले १५.५ ओभरमा सबै विकेट गुमाउँदै २७ रन मात्रै बनाएको थियो ।
२८ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले ३ ओभर ३ बलमा एक विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
ब्याटिङतर्फ कुवेतकी प्रियादा मुरालीले सर्वाधिक १० रन जोडीन । बाँकी कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालको बलिङमा कप्तान रुबिना क्षेत्री र संगिता राईले ३÷३ विकेट लिइन् । त्यस्तै सरस्वती चौधरी र करुणा भण्डारीले समान १ विकेट लिइन् ।
नेपालका लागि इन्दु बर्मा र रुविना चौधरीले क्रमशः नटआउट १३ र १२ रन बनाइन् । ओपनर सिता राना मगर शून्य रनमा आउट भइन् ।
कुवेतको बलिङमा मारिया जस्भिले १ विकेट लिइन् ।
पहिलो खेलमा हङ्कङसँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । तेस्रो खेलमा कुवेतलाई पराजित गरेको नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ ।
नेपालले ग्लोबल छनोटमा स्थान बनाउँन बाँकी सबै खेल जित्नु पर्नेछ । नेपालले बाँकी खेलमा शुक्रबार मलेसिया र आइतबार युएई सँग खेल्नेछ ।