नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सार्वजनिक संस्थाहरु बलियो हुनुपर्ने बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणको कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले सार्वजनिक संस्थाप्रति अलमल रहेको र त्यो नेताहरुमा पनि विद्यमान रहेको बताए ।
कांग्रेसमाथि उद्योग बेचेको आरोप लाग्ने गरेको भन्दै थापाले त्यो सबै नबुझेर गरिएको टिप्पणी भएको बताए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चुनावका बेला कांग्रेसले उद्योग कलकारखाना बेच्यो, निजीकरण गर्यो भनेर लगाएको आरोप उनी प्रधानमन्त्री बनेपछि खण्डित भएको बताए ।