उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको कार्यालय खालि गराईदिन माग गर्दै सिडियो कार्यालयमा निवेदन परेको छ।
पार्टी कार्यालय सञ्चालन गर्न घर भाडामा लिई करिब साढे ३ वर्षदेखि भाडा नदिएको र घरसमेत खालि नगरिदिएको भन्दै घरधनीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।
जनता समाजवादी पार्टी पर्साको बिरगञ्ज १३ मुर्लि स्थित जिल्ला कार्यालयका घरधनी बैधनाथ प्रसाद साहले पार्टी कार्यालय सञ्चालनका लागि भाडामा घर लिएर बिगत ४३ महिना देखि भाडा नदिएकोले भाडा असुलउपर गराई घर खालि गराईदिन जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका हुन् ।
पटक–पटक भाडाका लागि ताकेता गर्दासमेत भाडा नतिरी उल्टै पार्टीको धाकका सांथ घर कब्जा जस्तै गरेको भन्दै घरधनी साहले प्रशासनमा निवेदन दिएको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारीलाई निवेदन बुझाउंदै साहले ४३ महिनाको घरभाडा ३ लाख ४४ हजार असुल गराई घर खालि गराईदिन माग गरेका हुन् ।
स्मरण रहोस, पार्टी सदस्यता, सांसदहरुको लेवी र बाह्य सहयोग प्राप्तहुने जसपामा पटक–पटक अपारदर्शिताको कुराहरु उठेपनी अध्यक्ष उपेन्द्र यादवले बिभिन्न अड्चन देखाई साम्य पार्दै आएका छन् ।
यस बिषयमा जसपा पर्साका अध्यक्ष रामनरेश यादवसंग बुझ्न खोज्दा सम्पर्क हुनसकेन ।
