काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० का सांसदहरूले फेरि प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन्।
बुधबार दिउँसो बैठक सुरू हुनासाथ एमाले सांसदहरूले आफ्नो पार्टी फुटाउन सभामुख मतियार बनेको भन्दै नाराबाजी गरेका थिए। एमाले सांसदहरूले सर्वोच्च अदालतलमा विचारधीन मुद्दा संसदमा ल्याएको भन्दै सभामुख अग्नि सापकोटाले आक्रोश पोखेका थिए।
त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। केही समयपछि फेरि सुरू भएको बैठकमा पनि एमाले सांसदहरूले ‘संसदीय मर्यादा कायम गर’ लगायतका नारा लगाइरहेका छन्।