सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको मुद्दा ‘लगाउ’ मा राख्न आदेश दिएको छ।
बुधवार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले जसपाभित्रको विवादको सोही प्रकृतिको मुद्दा अर्को पनि रहेकोले दुवै मुद्दा सँगै हेर्ने प्रयोजनका लागि ‘लगाउ’ मा राख्न आदेश दिएका हुन्।
निर्वाचन आयोगले जसपाको उपेन्द्र पक्षलाई आधिकारिकता दिएपछि आफूलाई अन्याय भएको भन्दै ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए।