नेपालकी गौरिका सिंहले जापानमा चलिरहेको टोकियो ओलम्पिकमा आज प्रतिष्पर्धा गर्दैछिन्। गौरिका आज नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिष्पर्धा गर्नेछन्।
टोकियो एक्वाटिक्स सेन्टरमा हुने प्रतिष्पर्धामा उनी हिट नम्बरमा वानमा छिन्। उक्त हिटमा गौरिकासहित नाइजेरिया, मोन्टेनेग्रो, गुआमका खेलाडी गरी ४ जना मात्र छन्। यस प्रतक्ष्पर्धामा कुल ७२ खेलाडीले प्रतिष्पर्धा गर्नेछन्। त्यसमध्ये शीर्ष १६ खेलाडी मात्र सेमिफाइनलमा पुग्नेछन्।
गौरिकाले लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिष्पर्धा गर्दैछन्। यसअघि सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा उनी सबैभन्दा कान्छी खेलाडी बनेर चिर्चित भएकी थिइन्।