काठमाडौं ।घरमा कोही नभएको मौका छोपी तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा बैतडीमा एक जनप्रतिनिधिसहित चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा सदस्य विनोद लुहार, महेश कुहार, तबिराम लुहार र लक्ष्मण मौनी रहेका छन्।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा प्रवक्ता सुरज सिंहका अनुसार करिब एक महिनाअघि भएको चोरीसम्बन्धी घटनाको अनुसन्धान अघि बढाउने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।प्रहरीका अनुसार दशरथचन्द नगरपालिका–५ आल गाउँका जयदेव भट्टको घरमा उनी नभएको समयमा छत फोडेर तामाका विभिन्न भाँडाकुँडा चोरी गरिएको थियो।उक्त घटनामा संलग्न रहेको आशंकाका आधारमा चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि चोरीसम्बन्धी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।