प्रदेश नम्बर १ का पुर्व अर्थमन्त्री इन्द्र आङ्ग्बो मौसमले प्रदेश सरकारले जारी गरेको बजेटबारे टिप्पणी गरेका छन्। उनले ६ वटा बुँदामा बजेटबारे टिप्पणी गर्दैबजेट कार्यवन्यन जादा ठोस उपलब्धि केही नहुने र लक्ष्यमा नपुग्ने देखिएको निश्कर्ष निकालेका छन्।
यस्तो छ प्रदेश नम्बर १ का पुर्व अर्थमन्त्री इन्द्र आङ्ग्बो मौसमको टिप्पणी
१ नं. प्रदेशको बजेट बारे
-कोरोनाको प्रभावको कारण चालू आर्थिक बर्ष १.१८% ले रिणात्मक रहेको आर्थिक वृद्धिदर बजेटमा आर्थिक पुनरुत्थानको कार्यक्रम नै नराखी अर्थतन्त्र चलायमान बनाउने योजना बिना आगामी आ.ब.को आर्थिक वृद्धिदर ३.६% हुने अनुमान असम्भव र हास्यास्पद छ।
-प्राथमिकता भनिएको स्वास्थ्य क्षेत्रमा संघीय सरकारको अनुदान बाहेक स्वास्थ्य क्षेत्र,अस्पतालहरुको सुदृढीकरण र स्तरोन्नतिको लागि आवश्यक बजेट नै बिनियोजन छैन,केवल शैया थप्ने हल्ला मात्र गरिएको छ,कोरोना रोकथाम नियन्त्रण र उपचारको ठोस कार्यक्रम बजेटमा छैन।
-चालू आयोजनाहरु,बहुबर्षिय आयोजना र रुपान्तरणकारी(Game changer) आयोजनाहरुमा अति न्यून बजेट छुट्याइएको छ, त्यसैले अपेक्षित बिकाश र पुर्वाधार निर्माणको काम हुने देखिन्न।
-उत्पादन वृद्धि,रोजगारी सिर्जना र उत्पादित बस्तुको बजारीकरणको ठोस योजना छैन,केवल बिचौलिया पोस्ने कार्यक्रम कृषि क्षेत्रमा देखियो।
-कहिँ संघीय बजेटको भद्दा नक्कल,कतै स्थानीय तहको क्षेत्राधिकारको कार्यक्रम समाबेश गरिनु अनि सुनेजती सबै कार्यक्रम बजेटमा समाबेश गरिनुले कार्यवन्यन गर्ने निकाय, सम्यन्त्र र श्रोतको अभावले बजेट कार्यवन्यन योग्य र सम्भव दुबै हुदैन।
-चालू आबमा गर्ने बिकाश निर्माण लागायतको काम अगाडि बढाउन ध्यानाकर्षण गर्दा श्रोतको अभाव देखाउने सरकारले २ अर्व भन्दा बढी नगद मौज्दात रहने प्रक्षेपण लज्जास्पद छ।
निष्कर्षमा बजेट कार्यवन्यन जादा ठोस उपलब्धि केही नहुने र लक्ष्यमा पुग्ने देखिन्न....