स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हटलाइन नम्बर सार्वजनिक गर्दै अक्सिजनको आवश्यकता परेमा फोन गर्न आग्रह गरेको छ। अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणहरूका लागि यो नम्बर जारी गरिएको हो।
अक्सिजन आपूर्ति सहजीकरणका लागि मन्त्रालयले दुईवटा मोबाइल हटलाइन नम्बर सार्वजनिक गरेको हो। सावजनिक गरिएको हटलाईन नम्बरहरु ९८५१३१०५८१ र ९८५१३१०५८४ हो।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले सुचना जारी गरी यसबारे जानकारी गराएका छन्। शुक्रबार बसेको सचिवस्तरीय बैठकले कोरोना संक्रमितहरुको उपचार गराइरहेका अस्पतालहरुले फोन गरेमा सहज आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले सहजीकरण गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ।