नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेशसभामा दाबी पेश गरेका छन्। नेपालीले मुख्यमन्त्री नियुक्त हुन आवश्यक बहुमत आफूसँग रहेको दाबी गरेका हुन्।
उनले नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन आफूलाई रहेको भन्दै बुधबार प्रदेश प्रमुख सीता नेपालीलाई पत्र लेखेका छन्। मुख्यमन्त्री नियुक्त हुन उनलाई ३१ मत भए पुग्छ।