आउँदो राष्ट्रियसभाको निर्वाचनमा माधव कुमार नेपाल–झलनाथ खनाल समुह आफ्ना उम्मेदवारलाई नेकपा माओवादी केन्द्रको हसिया हथौडा चुनाव चिन्हबाट चुनाव लडाउने तयारीमा जुटेको छ। सुर्य चिन्हबाट भने जनयूद्दको उच्च तहबाट कमाण्ड गरेका रामबहादुर थापा बादल लड्नेछन्।
नेकपा एमाले प्रवेश गरेपछी बादललाई नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट हटाएको थियो। त्यहि रिक्त पदका लागि हुन लागेको निर्वाचनमा एमालेबाट बादल चुनाव लड्दैछन् भने, एमालेकै माधव–झलनाथ समुहले डा. खिमलाल देवकोटालाई अघि सार्ने निर्णय गरेका छन्।
देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई गुटले सघाउने निर्णय गरेका छन्। मंगलबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादवबीचको छलफलबाट देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएको थियो।
एमाले नेता देवकोटालाई माओवादीको हसिया हथौडा चिन्हबाट लडाउने माधव–झलनाथ समुहको तयारीलाई राजनितीज्ञहरुले एमालेमाथी आएको अनिष्ठको रुपमा अथ्र्याइरहेका छन्। ‘माधव–झलनाथजस्ता एमालेका नेताहरुले हसिया हथौडाको सहारा लिनुपर्ने अवस्थालाई सामान्य मान्न् सकिदैन् – एक वाम विश्लेषकले भने – ‘यो एमाले पतनको अर्को बिन्दु हो।’ यस्तो अवस्था रहिरहे नेकपा एमालेको अस्तित्व लोप हुँदै जाने उनले दावी गरे।