आगामी उपनिर्वाचनमा रामबहादुर थापा बादललाई हराउन बिपक्षीहरु एक भएका छन्। राष्ट्रिय सभा सदस्यका लागि हुन लागेको निर्वाचनमा नेपाली, काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपल समुह र जनता समजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समुहले बादलबिरुद्द साझा उम्मेदवारको रुपमा डा. खिमलाल देवकोटालाई अघि सार्ने भएका हुन्।
मंगलबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादवबीचको छलफलबाट देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएको हो।
पार्टी परित्याग गरी एमाले लागेपछि माओवादी केन्द्रले रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो। एमालेले सोही पदमा थापालाई नै उम्मेद्वारा बनाउने निर्णय गरेको छ । विपक्षी गठबन्धनले थापाको प्रतिद्वन्द्वीका रुपमा देवकोटालाई अगाडि सारेको हो।
लुम्बिनी प्रदेशमा एमालेको सांसदबाट राजीनामा दिइ काँग्रेस प्रवेश गरेका नेता दूगनारायण पाण्डेलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएपछि बागमतीमा खनाल नेपाल पक्षका देवकोटालाई उम्मेदवार बनाइएको कांग्रेसका एक नेताले जानकारीदिए।
०७६ असारमा देवकोटाले बागमती प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए।