लुम्बिनी प्रदेशमा एमालेका ३ सांसदले राजीनामा दिएका छन्। प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्ति भएको केही समयपछि नै उनीहरुले राजीनामा दिएका हुन्।
राजीनामा दिने सांसदहरुमा दीर्घनारायण पाण्डेय, धर्मबहादुरलाल श्रीवास्तव र अजय शाही रहेका छन्। पाण्डेय कपिलवस्तु २ (क) बाट, श्रीवास्तव कपिलवस्तु २ (क) र शाही नवलपरासी पश्चिमबाट निर्वाचित भएका थिए।
एमालेका ३ सांसदले राजीनामा दिएसँगै प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अप्ठ्यारोमा परेका छन्। यसअघि नेकपाबाट निर्वाचित सांसद विमलाकुमारी खत्री(वली)ले माओवादी केन्द्र रोजेकी थिइन्।