काठमाडाैं - नेपाली पब्लिकले ‘१२ करोडको सेटिङ मिलाउन अष्ट्रेलिया बस्ने नटवरलाल नेपालमा’ शिर्षकको समाचार प्रकाशन गरेपछि भेष चौरसियासम्बन्धित थप जानकारीहरु प्राप्त भइरहेका छन् । यसै क्रममा उनले अष्ट्रेलियन सरकारबाट प्राप्त फण्ड हत्याउन प्रयोग गर्ने योजना पर्दाफास भएको छ ।
हुण्डीलगायत गैरकानुनी कार्यमा संलग्न भेष चौरसियाबारे नेपाली पब्लिकमा प्रकाशीत पहिलो समाचारमा उल्लेख गरिएको ‘‘उनले फर्जि बिल काटेर एक यूवतीको नाममा पठाएको १९ हजार अष्ट्रेलियन डलर समेत उठाउने प्रयास गरिरहेका छन्’’ भन्नेबारेमा थप खोजी गर्दै जाँदा ति यूवतीसँग चौरसियाले गरेको ‘‘च्याट’’ को ‘‘स्किृनशट’’ नेपाली पब्लिकलाई प्राप्त भएको छ ।
चौरसियाले फर्जि बिल काटेर रकम हत्याउनका लागि विभिन्न व्यक्तिहरुसँग कुरा गरेको समेत उनको गैरकानुनी क्रियाकलाप पत्ता लगाउन नेपाली पब्लिक गरेको ‘स्टिङ अपरेशन’बाट पत्ता लागेको छ । चौरसियाले च्याटमार्फत विभिन्न व्यक्तिहरुलाई कमिसनको प्रलोभन देखाई १.५ मिलियन अष्ट्रेलियन डलरको कारोबार गर्न सक्ने बताएका छन् ।
चौरसियाको फण्ड हत्याउने तरिका
नेशनल हेल्थकेयर डिसेबलिटी लिमीटेडमा कार्यरत भेष चौरसीयाको कम्पनीले ‘‘डिसेबलिटी’’ (अक्षमता) भएकाहरुको लागि काम गर्ने गर्छ । उनीहरुको सेवा गरेवापत कम्पनीले अष्ट्रेलियन सरकारबाट नेशनल डिसेबलिटी ईन्स्योरेन्स स्किम (एनडिआईएस) मार्फत ‘फण्ड’ प्राप्त गर्ने गर्छ । यसरी प्राप्त भएको रकम कम्पनीको नामबाट खर्च देखाएर उनले ठगी गर्दै आएका छन् ।
चौरसियाले अष्ट्रेलियामा दर्ता रहेका विभिन्न कम्पनीहरुसँग सेटिङ मिलाएर आफ्नो कम्पनीको नाममा फर्जि बिल काट्न लगाउछन् । यसरी बिल काट्दा ति कम्पनीहरुले चौरसियाको कम्पनिलाई विभिन्न शिर्षकमा सेवा दिएको उल्लेख गर्नुपर्ने हुन्छ । त्यसरी आफ्नो कम्पनीमा आएको फर्जि बिललाई चौरसिया स्वयमंले सदर गरेर सो कम्पनिको खातामा बिलवापतको रकम फर्जि बिल काट्ने कम्पनिको खातामा ट्रान्सफर गराउछन् ।
यसरी फर्जि बिल उपलव्ध गराउने कम्पनिले १२ देखी २० प्रतिशतसम्म कमिसन पाउने गर्छ भने बाँकी रकम चौरसियाले आफ्नो खातामा पुनः ट्रान्सफर गराउने गर्छन् । नेपाली पब्लिकलाई प्राप्त सुचनाअनुसार उनले अहिलेसम्म यसरी २५ करोडभन्दा बढी रकम हत्याइसकेका छन् ।
यसरी भयो योजनाको पर्दाफास
फर्जि बिल काटेर डलर हत्याउने खेलमा उनले अष्ट्रेलियाको एडिलेडमा व्यवसाय गर्दै आएकी नेपालकी सृजना भण्डारी नाम गरेकी यूवतीको सहयोग लिदैँ आएका थिए । उनको योजनाअनुसार नै काम हुँदै आएको भएपनि यसपटक भने सृजनाले प्रयोग गर्ने खाता ‘सस्पेन्सन’मा पर्यो ।
सृजनाको खाता सस्पेन्सनमा परेपछी चौरसियाको पैसा अड्कीयो र उनले त्यो पैसा उठाउन निकै कोशिस गरे । त्यसका लागि उनले सृजनासँग बारम्बार सम्पर्क गरीरहे । फोन, म्यासेज र ह्वाट्सएप च्याटमार्फत सृजनासँग पैसा असुल्ने प्रयास गरीरहेका छन् ।
यसविचमा चौरसियाले भण्डारीलाई बारम्बार म्यासेज गरेका छन् । आफ्नो पैसा उठाउनका लागि उनले भण्डारीसँग धम्कीपुर्ण भाषाको प्रयोग गर्दै ‘‘आफुँले जे पनि गर्न सक्ने’’ समेत बताएका छन् ।
हेर्नुहोस चौरसिया र भण्डारीविच च्याटमा भएको कुराकानी







पछिल्लो जानकारीअनुसार अहिले चौरसिया र भण्डारीविच यो बिवाद समाधानको लागि सहमती भइसकेको छ । सहमतीअनुसार भण्डारीकाे खातामा अड्कीएको रकम कुनै ‘ट्रष्टी’ खातामा ट्रान्सफर गराउन खोजिरहेका छन् । ट्रष्टी खातामा धेरै रकम एकैपटक ट्रान्सफर गर्न सहज हुने र कर समेत नलाग्ने भएकाले उनीहरु ट्रष्टी खाताको खोजिमा लागेका छन् ।
साथै त्यो रकम भण्डारीको अन्य खाताहरुमा समे ट्रान्सफर गराएर चौरसियालाई उपलव्ध गराउने सहमती भएको छ । यस बिषयमा नेपाली पब्लिकले भण्डारीसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन् ।