काठमाडौं– सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १३.२२ बिन्दुले बढेर १ हजार ५८३.६० मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक २.६५ बिन्दुले वृद्धि भई ३१३.५५ मा पुगेको छ । आज कुल १९३ कम्पनीका ५० लाख २४ हजार ५० कित्ता सेयर १ अर्ब २७ करोड १८ लाख २९ हजार ९९० मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका आज १२ वटै उपसमूहको सेयर बिक्री भएको छ । बैंकिङ ७.७४, व्यापार २.९६, होटल १९.२७, विकास बैंक २२.१९, जलविद्युत् २७.७२, वित्त ८.६, निर्जीवन बिमा ५५.७६, उत्पादन २५.३६, अन्य ११.४, लघुवित्त १६.४४, जीवन बिमा ७८.१२ र सामूहिक लगानी कोष ०.११ बिन्दुले उकालो लागेको छ ।
कारोबारका आधारमा आज अरुण काबेली पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ९ करोड १ लाख १ हजार ५८० बराबरको कारोबार भयो । यस्तै अपि पावर कम्पनी ७ करोड ७४ लाख ८४ हजार ७४५, एचआइडिसिएल ६ करोड २ लाख २ हजार ३४७, नागरिक लगानी कोष ४ करोड १ लाख ७७ हजार २०२, हिमाल दोलखा हाइड्रोपावर ३ करोड ४३ लाख १५ हजार ४६१, शिखर इन्स्योरेन्स कम्पनी २ करोड ७९ लाख ८५ हजार २४० र कुमारी बैंकको २ करोड ६८ लाख १४ हजार ६९२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा जनरल इन्स्योरेन्स ९.९१, माउन्टेन हाइड्रो ९.६६, हिमाल दोलखा हाइड्रोपावर ९.६०, जोसी हाइड्रोपावर ९.४०, घलेम्दी हाइड्रो ८.८७, अपि पावर कम्पनी ७.३२ र ङादी पावरका लगानीकर्ताले ७.२५ प्रतिशतले कमाए । यस्तै, नेपाल फाइनान्स १.८६, रिलायन्स फाइनान्स १.६४, मुक्तिनाथ विकास बैंक १.६२, एनआइसी एसिया समृद्धि फन्ड १.२२, घोडीघोडा लघुवित्त १.०१ र सूर्योदय लघुवित्तका लगानीकर्ताले ०.८६ प्रतिशतले गुमाए ।