काठमाडौं– इङ्लिस प्रिमियर लिग फुटबलमा गएराती भएको नयाँ सिजनको पहिलो खेलमा आर्सनलले फुलहमलाई ३–० गोल अन्तरले पराजित गरेको छ । फुलहमको घरेलु मैदानमा आर्सनलका लागि एलेक्जान्ड्रा लाकाजेट, ग्राबियल र पिएर एम्रिक आबुमियाङले एक–एक गोल गरेका हुन् ।
खेलको नवौं मिनेटमा लाकाजेटको गोलबाट अग्रता लिएको आर्सनलले दोस्रो हाफमा थप दुई गोल गरेको हो । डिफेन्डर ग्राबियलले खेलको ४९ औँ मिनेटमा दोस्रो गोल गरेका थिए । यस्तै ५७ औँ मिनेटमा कप्तान आबुमियाङले गोल गर्दै आर्सनललाई ३–० को जित दिलाएका हुन् ।
पहिलो खेलमा ३ अंक जोडेको आर्सनल तालिकाको शीर्ष स्थानमा रहेको छ ।